७ करोड ६७ लाख भारतीय नक्कली नोटसहित ६ जना पक्राउ

१० जेठ ०७६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित ६ जनालाई नक्कली भारतीय नोटसहित पक्राउ गरेको हो ।

नोटसहित पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्दिन, ४९ वर्षीय मोहमत अतर र ३९ वर्षीय नादिया अम्बर छन् । उनीहरुले उक्त नक्कली भारतीय रुपैयाँ दुई वटा व्रिफ केसमा राखेरे ल्याएको थिए ।

यस्तै, उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित सोहेल खान र गाडी चालक सुजन रानामगर पनि पक्राउ परेका छन् ।

युनुस अन्सारी २०७० माघ ११ मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो ।

तपाइको मत