२० असार ०७५, सप्तरी । प्रहरीले ८ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा ५५ वर्षीय एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित स्थानीय लक्ष्मी नरसिंह माध्यमिक विद्यालयमा लगि बालिकाको बलात्कारको प्रयास गरेकोे आरोपमा वोदेवर्साईन नगरपालिका ९ का ५५ वर्षीय सुर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कार प्रयास असफल भएपछि फरार भएका साहलाई घटनाको भिडियोका आधारमा खोजतलास गरी नियन्त्रणमा लिईएको डिएसपी भावेश रिमालले बताए । उनले भने – ‘कुनै माध्यमबाट प्रहरीलाई भिडियो प्राप्त भयो, हामीले अनुसन्धान गरेर साहलाई पक्राउ गरेका छौं । पीडित पक्षको किटानी जाहेरी पनि परिसकेकाले चाँडै अनुसन्धान पुरा गरेर आवश्यक कारवाही अघि वढ्छ ।’
साहले ती बालिकासँग यौन दुब्र्यवहारको प्रयास गर्दै गरेको अवस्थामा एक जनाले (प्रहरीले नाम नखुलाएको) लुकेर सोको भिडियो बनाएका थिए । भिडियो वनाउने ब्यक्तिको नाम भने अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।