
१३ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना संक्रमितको संख्या ७ सय ७२ पुगेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले पछिल्लो अद्यावधिक विवरणअनुसार नयाँ पुष्टि भएको संख्या ९० रहेको र योसँगै कूल संक्रमित संख्या ७ सय ७२ पुगेको जानकारी दिएका हुन् ।
उनले कूल संक्रमितहरुमा ४ जनाको मृत्यु भएको साथै १ सय ५५ जना निको भइसकेको पनि बताए ।

यस्तै देवकोटाले ५ सय ८२ जना आइसोलेसनमा रहेको र हालसम्म ५४ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।













