९२ प्रतिशत जनप्रतिनिधिको सहमतिमा बनेको संविधानलाई विरोध गर्नुको कुनै तुक छैन् – गच्छदार

१३ मंसिर, इटहरी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष बिजयकुमार गच्छदारले ९२ प्रतिशत जनप्रतिनिधिको सहमतिमा बनेको संविधानलाई विरोध गर्नुको कुनै तुक नभएको बताएका छन ।

bijay-gachhadar

अध्यक्ष गच्छदारले आइतबार इटहरीमा आयोजित जिल्लास्तरीय अगुवा पार्टी कार्यकर्ताको तीनदिने प्रशिक्षण भेलाको उद्घाटनका क्रममा वर्तमान संविधानले सबैको अधिकार, रक्षा र समान अवसर दिएकाले आलोचना गर्नुको तुक नरहेको बताएका हुन् ।

वर्तमान संविधानले सबै जातजाति धर्म सम्प्रदाय र सबै भूगोलमा बसोबास गर्ने नेपालीलाई धेरै अधिकारको सुनिश्चिता गरेको तथा धेरै मौलिक हकको समेत सुनिश्चितता गरेको उल्लेख गर्दै अध्यक्ष गच्छदारले कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलाका लागि पनि राज्यको उच्च तहसम्म पुग्नसक्ने पक्षमा संविधानले सुनिश्चित गरेको पनि स्पष्ट पारे ।

नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरी अनि निजामतीलगायतका क्षेत्रमा महिलाहरुको उचित एवम् समान सहभागिताको व्यवस्था गरेको उल्लेख गर्दै अध्यक्ष गच्छदारले महिलाहरुले संविधानले सुनिश्चित गरेका उच्च तहसम्मको पदमा पुग्नका लागि आफूलाई समक्ष तुल्याउने विषयमा भने महिलाहरु आफैले तयार रहनु पर्ने बताए ।

तपाइको मत