अशक्त ९२ वर्षीय जोशीले बेलचाैतारामा खसाले पहिलो मत !

प्रतिनिधि र प्रदेश सभाको मतदान शान्तिपूर्ण रुपमा हुँदै

२१ मंसिर ०७४, तनहुँ । आज बिहान ७ बजेदेखि नै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा प्रतिनिधि र प्रदेश सभाको मतदान सुरु भएको छ ।

नेकपा माअाेवादी केन्द्रकी नेतृ एवम् तनहुँ प्रदेश सभा २ (१) बाट बाम गठबन्धनका साझा उम्मेदवार बनेकी अाशा काेइराला खनालले शुक्लागण्डकी नगरपालिकास्थित श्री जनकल्याण मा.वि. बेलचाैतारा मतदान केन्द्रबाट महिलातर्फ पहिलाे मतदान गरेकी छिन् ।

प्रतिनिधि र प्रदेश सभाकाे दाेस्राे चरणको निर्वाचन अन्तर्गत बिहान ७:३० बजे मन्त्री समेत रहेकी तनहुँ प्रदेश सभा २ (१) का उम्मेदवार खनालले महिलातर्फबाट पहिलाे मतदान गरेकी हुन् ।

त्यस्तै यस मतदान केन्द्रमा शारीरिक रुपमा अशक्त ९२ वर्षीय लक्ष्मण जोशीले पुरुषतर्फको पहिलो मतदान गरेको मतदान अधिकृतले जानकारी दिए ।

यसैगरी निर्वाचन कार्यालय तनहुँले जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको बताएको छ ।

श्री जनकल्याण मा.वि. बेलचौतारा केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु ।

 

श्री राधा मा.वि. जामुने केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु ।

 

श्री राधा मा.वि. जामुने मतदान केन्द्रको एक झलक ।

श्री महेन्द्र मा.वि. गुणादी केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु ।

 

 

तपाइको मत