१४ असार ०७४, काठमाडौं । स्थानीय तह दोस्रो चरणको मतदानका क्रममा तीन जनाको मृत्यु भएको छ ।
झापा,पाल्पा र इलामस्थित रोङ गाउँपालिकामा स्थानीय तह दोस्रो चरणको मतदानका क्रममा तीनजना बृद्धको मृत्यु भएको हो ।
झापाको दमकका ८२ वर्षीय नरेन्द्र भण्डारी र पाल्पाको बगनासकाली गाउपालिकाका पूर्णचन्द भटटराईको मतदान गर्ने क्रममा मृत्यु भएको हो ।
बुधबार बिहान दमक ९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न लाइनमा बस्दाबस्दै ढलेका भण्डारी अचानक ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
त्यस्तै पाल्पा बगनासकाली गाँउपालिका वडानम्बर ६ का ८४ बर्षीय भटराईको पाल्पाको याम्घा मतदान केन्दमा मत दिन लाईन बसेका बेला निधन भएको हो ।
त्यसैगरी इलामस्थित रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।
उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए ।