
२८ साउन ०८२, दमौली । अखिल नेपाल खेलकुद महासंघ तनहुँको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हर्कबहादुर थापा ‘एचबी’ अध्यक्ष रहेको २९ सदस्यीय नयाँकार्यसमिति चयन गरेको छ ।
मंगलबार तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न तनहुँ जिल्लाको दोस्रो सम्मेलनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा भगवती पौडेल, सिताराम बिक, रमेशकुमार श्रेष्ठ चयन भएका छन् भने सचिव मिलन महत, सहसचिव जितबहादुर थापा र कोषाध्यक्ष सुसान गुरूङ निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा विनोद सिग्देल (भिमाद), सन्दीप नेपाली (भिमाद), आरती सुवेदी ( शुकलागण्डकी), दिपेश गुरुङ (शुकलागण्डकी), प्रतिक्षा अधिकारी (घिरिङ), राजकुमार विक (रिसिङ), शक्ति सदाशंकर (रिसिङ), अशोक विक (म्याग्दे), साजन गुरूङ (बन्दीपुर), विबेक थापा (बन्दीपुर), संजय थापा (भानु), नारायण राना (भानु), सिमजुङ दर्लामी मगर (आँबुखैरेनी), हर्कबहादुर थापा (आँबुखैरेनी), अरुण थापा (व्यास), रन्जित गुरूङ (देवघाट), विशाल गुरूङ (देवघाट) रहेका छन् ।

नेकपा माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज आशा कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा गण्डकी प्रदेश सहसचिव अतिन्द्र केशरी न्यौपाने, तनहुँ जिल्ला पार्टीका संयोजक सूर्य बहादुर गौली ‘पारास’, अखिल नेपाल खेलकुद महासंघ, केन्द्रीय समितिका सचिव बलराम सुबेदी, पार्टीका प्रदेश परिषद सदस्य दलबहादुर विक, प्रदेश सदस्यहरू, जवस मोर्चाका जिल्ला अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरू साथै खेलाडी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।













