अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकीको अध्यक्षमा शेर, सचिवमा उदय

१२ असोज ०८१, कास्की । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, गण्डकी प्रदेशको तेस्रो भेला सम्पन्न भएको छ । भेलाले शेर बहादुर शाही नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कास्कीको पोखरामा शनिबार सम्पन्न भेलाले शाहीको अध्यक्षतामा उपाध्यक्ष त्रय नरेश श्रेष्ठ, सुमित्रा गायक, सूर्य सुवेदी, सचिव उदयबहादुर खत्री, सहसचिव विश्वराज घिमिरे, कोषाध्यक्ष चक्र कुमारी बराल, सदस्य सुकदेव गायक, कमल नारायण लगायत रहेको १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उक्त भेला अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय अध्यक्ष टंक पौडेलको प्रमुख आतिथ्यमा साथै महासंघका सीसीएम तथा गण्डकी प्रदेश उपाध्यक्ष रमेश सिके, अन्टुफ सीसीएम महिमा शाही, अन्टुफ गण्डकीका सचिव गुणराज बास्तोला, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकीकी निवर्तमान सचिव चन्द्रावती श्रेष्ठ, अन्टुफ कास्कीका अध्यक्ष अर्जुन पौडेल लगायतको आतिथ्यमा भएको थियो ।

यही असोज २ र ३ गते बसेको अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यशाला बैठक र असोज ४ गते बसेको अन्टुफ केन्द्रीय समिति बैठकको निर्णय साथै असोज ५ गते सम्पन्न भएको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको निर्देशन अनुसार अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, गण्डकी प्रदेशले आफ्नो तेस्रो भेला सम्पन्न गरेको हो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष शेरबहादुर शाहीले अन्टुफको राष्ट्रिय योजना तर्जुमा कार्यशालाको कार्ययोजना अनुसार संगठनलाई गण्डकी प्रदेशको ११ वटै जिल्ला र स्थानीय तहमा बिस्तार गरिने बताए ।

अध्यक्ष शाहीले सबैका लागि सामाजिक सुरक्षा भन्ने मूलनाराका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न र श्रम ऐनमा रहेका श्रमिक बिरोधी दफाहरु संशोधन साथै आउट सोर्सिङ खारेजीका लागि सशक्त संघर्षका कार्यक्रम बनाएर दशैं–तिहार लगतै अघि बढ्ने बताए ।