२८ असार ०८२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालको विषयमा आफूहरूले पनि प्रश्न गर्ने अवस्था आउनसक्ने बताएका छन् ।
पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटीमा रिहा भएका अध्यक्ष नेपालबारे आफूले पार्टी बैठकमा दस्तावेजसहितको मत राखेको जानकारी गराउँदै खनालले यस्तो बताएका हुन् ।
शनिबार चीन भ्रमण सकेर स्वेदश फर्किएका खनाललाई सञ्चारकर्मीहरूले ‘भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टी अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने ?’ भनेर प्रश्न गरेका थिए ।
उक्त प्रश्न जायज भएको भन्दै खनालले सचिवालय बैठकमा आफूले यही विषयमा केन्द्रित रहेर एउटा दस्तावेज पेस गरेको र उक्त दस्तावेजमाथि छलफल भएपछि बाँकी कुरा भन्ने बताए ।













