४ जेठ ०८०, काठमाडौं । भारतको मुम्बईमा सन् २००८ मा भएको आक्रमणका एकजना आरोपीलाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईले जनाएअनुसार अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय तहब्बुर राणालाई भारत सुपुर्दगी गर्ने भएको हो ।
सन् २००८ नोभेम्बर २६ मा मुम्बईको ताज होटेल लगायतका स्थानहरुमा भएको हमलामा ६ जना अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो ।
बीबीसीले जनाएअनुसार अदालतमा सुनुवाइको क्रममा अमेरिकी न्यायाधीशले भारत र अमेरिकाबीच सुपुर्दगी सन्धिसमेत भएकाले राणालाई भारत सुपुर्दगी गर्नु कानुनसम्मत हुने बताएको छ ।













