अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौं आइपुगिन

१५ माघ ०७९, काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् ।

दुई दिने भ्रमणका लागि नेपाल आएकी नुल्यान्डले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ ।

स्रोतका अनुसार नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।