१९ साउन ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुँदैछ ।
माओवादी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आजको बैठकमा अध्यक्ष क. प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्न र राख्नुभएका धारणाहरूमाथि जवाफ दिनु हुनेछ ।
शुक्रबारदेखि जारी माओवादी केन्द्रको बैठक आज समापन हुनेछ ।













