आजबाट बडादशैँ पर्व सुरु, घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

६ असोज ०८२, काठमाडौं । हिन्दुहरूको ठूलो चाड दशैँको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना गरिएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ पर्व आजबाट सुरु भएको हो ।

घटस्थापनाका दिन चोखो जमिनबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरि विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।

हनुमानढोका दरवारस्क्वायरस्थित दशैँ-घरमा पनि आज बिहान जमरा राखिएको छ ।