आज कोजाग्रत पूर्णिमा, हिन्दु धर्मावलम्बीहरूको वडादशैं – ०८२ सम्पन्न हुँदै

२० असोज ०८२, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडादशैं – २०८२ सकिएको छ ।

मान्यजनबाट टिकाजमरा र आर्शिवाद लिई मनाइने पर्व दशैं ‘कोजाग्रत पूर्णिमा’सँगै २०८२ सालको १५ दिन लामो चाड सकिएको हो ।

आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

आजै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेषलाई नदी, तलाउ, पोखरी, पानी कुवाको शीरमा लगेर बिसर्जन गर्ने गरिन्छ ।