२४ जेठ ०७८, काठमाडौं । नेपालले आज विश्वकप फुटबल २०२२ र एसिया २०२३ को छनोट खेल जोर्डनसँग खेल्दैछ ।
कुवेतमा भइरहेको छनोटकाे समूह ‘बी’ मा नेपाली समय अनुसार राति ९ः४५ बजे नेेपाले सातौं खेल खेल्दैछ ।
आजको खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ ।













