२३ असोज ०८२, काठमाडौं । आज नेपाली कांग्रेसको बस्ने पदाधिकारी बैठक बस्दैछ । बैठकले २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि छलफल गर्ने बताइएको छ ।
कांग्रेस पदाधिकारी बैठकको उक्त बैठक दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ भने सो बैठकमा सभापति देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको छ ।
जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनैपनि बैठकमा सहभागी भएका छैनन् । यसअघि उनले पार्टीका केही नेताहरुसँग भर्चुअल छलफल भने गरेको नेताहरु बताएका छन् ।
भदौ २३ र २४ गतगे भएको जेनजी आन्दोलन देउवा र उनकी पत्नी आरजु राणा माथि काठमाडौंको बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।













