आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

१४ साउन ०८२, काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार बैठक दिउँसो ४ बजे बस्नेछ ।

यस बैठकले स्थायी कमिटीको शनिबारदेखि सुरू हुने बैठकको एजेण्डामाथि छलफल गर्ने पनि सचिवालयले बताएको छ ।

बैठकमा पार्टीले गत फागुनदेखि चलाएको जनतासँग माओवादी विशेष अभियानलाई निरन्तरता दिने कि महाधिवेशनमा जाने तयारी गर्ने भन्नेबारेमा पनिछलफल हुने बताइएको छ ।