आज राति बाह्र बजेदेखि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्यवृद्धि

२९ कार्तिक ०८२, काठमाडौं । नेपाल आयल निगमले ३० कार्तिक ००ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।