१८ असार ०८२, काठमाडौं । आज बिहान ११ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।
संसद सचिवालयकाअनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमाथि मन्त्रालयहरूको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।
अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’, ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
यस्तै बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ टेबुल गर्ने कार्यसूची तय भएको छ ।













