आज ३५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

१५ असोज ०८२, काठमाडौं । संसारभरि आज ३५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै यो दिवस संसारभरि मनाउन थालिएको हो ।

त्यसयता आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइँदै आएको छ ।