आदिवासी जनजाति समुदायले भव्य रुपमा मनाए ३१औं अन्तर्राष्ट्रिय दिवस

 

२४ साउन ०८२, काठमाडौं । आज नेपालका आदिवासी जनजाति समुदायले ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस देशभर भव्य रुपमा मनाए ।

विभिन्न राजनीतिक दल र विचारमा आश्था राख्ने आदिवासी जनजाति समुदायले देशैभर संयुक्तरुपमा यो दिवस मनाएका हुन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आदिवासी जनजातिहरुले जल, जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार कायम गर्न र आदिवासीको स्वायत्त क्षेत्र कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले पाथीभारा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको काम बन्द गर्न समेत भनेका छन् ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अघि बढाएको थियो ।