२३ साउन ०७७, पर्सा । जिल्लाको वीरगञ्जस्थित अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डक अस्थायी कोरोना अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले कोरोना अस्पतालमा बिहीबार बिहान साढे ८ बजे मृत्यु भएका वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ५६ वर्षीय पुरुषको २२ गते साँझ पिसिआर रिर्पोट कोरोना पोजेटिभ आएको जानकारी दिएका हुन् ।
मृतक मधुमेह, मुटुरोगी रहेको र श्वासप्रश्वासमा समस्या भएपछि साउन २० गते कोरोना विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना रोगीका रुपमा भर्ना गरिएको कोर्डिनेटर सिंहले बताए ।
ती पुरुषको स्वाब मंगलबार संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएको थियो ।













