२८ कार्तिक ०७६, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जितेपछि नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् ।
नेपालले भलिबल खेलमा इतिहास बनाएको भन्दै उपराष्ट्रपति पुुनले खुुुसी व्यक्त गर्दै राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडीहरूलाई बधाई दिएका हुन् ।
उपराष्ट्रपतिको नीजि सचिवालयले जारी गरेकाे प्रेस नोटमा भनिएको छ, “सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जितेर नेपाली राष्ट्रिय महिला भलिबल टिमले नेपालको भलिबल खेलमा इतिहास बनाएकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले भलिबलमा देशले पहिलो अन्तर्राष्ट्रिय उपाधी जितेको अवसरमा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडीहरु र सम्पूर्ण नेपालीहरुलाई बधाई दिनुभएको छ ।”
“सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीहरुलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको” बताउँँदै उपराष्ट्रपति पुनले निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुने दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबल लगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधी जित्ने विश्वास व्यक्त गरेेेकाे उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले प्रेस नाेटमा उल्लेख गरेका छन् ।














