एमालेको महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला

१४ मंसिर ०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको बताएका छन् ।

एमालेले मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने भन्दै अध्यक्ष ओलीले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

‘मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतीले गर्नुपर्छ भन्ने नाउँमा कसैलाई अघि बढ्नैन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन । रोक्ने सोक्ने कुनै कुरै होइन,’ ओलीले भने, ‘प्रतिस्पर्धा खुला हुन्छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ । त्यसका लागि ठाउँ हुन्छ ।’