एमालेको ११औं महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान हुँदै

२ पुस ०८२, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली ओली र ईश्वर पोखरेलले मत खसालेर नयाँ नेतृत्व र कार्यसमिति चयन गर्ने कार्य प्रारम्भ गरेका छन् ।

अध्यक्षका प्रत्यासी ओलीले ७७ नम्बरको मेसिनबाट र पोखरेलले ७६ नम्बरको मेसिनबाट मत खसालेर नयाँ नेतृत्व र कार्यसमिति चयन गर्ने कार्य प्रारम्भ गरेका हुन् ।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

अहिले विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।