२३ कार्तिक ०८२, काठमाडौं । नेकपा एमालेमा अबको पार्टी नेतृत्व कसले लिने भन्ने बहस तीब्रत्तररुपमा चल्न सुरु गरेको छ ।
मदन भण्डारीको पत्नी समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पार्टी सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारणले बहसमा रहेको सो पार्टीमा महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको बसहले तीब्रता पाएको हो ।
मंसिर अन्तिमसाता महाधिवेशनको गर्ने गरि अघिबढेको नेकपा एमालेमा अहिलेका अध्यक्ष केपी शर्मा ओली पनि बहसमा उत्रिएका छन् ।
गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीले आफूलाई नेतृत्वबाट हटाउन कोही आए ‘झप्पु खाने’ बताएका थिए ।
‘बघिनी चुप लागेको छ भनेर उसको डमरू चलाउन थाल्यो भने बघिनीले यस्तो दिन्छ नि झप्पु,’ ओलीले भनेका थिए, ‘म पनि चुपै लागेर बसेको हुन्छु, उदार हुन्छु, नरम हुन्छु । पार्टीतिर सिध्याउन खोज्यो, पार्टी निचोर्न खोज्यो भने झप्पु जति नरम भए पनि गर्नैपर्ने रहेछ ।’
यतिबेला एमालेमा नेतृत्व पुनर्गठनको बहस चलाउने इश्वर पोखरेल लगायतका नेताहरूलाई ओलीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रचण्ड र माधव नेपालसँग तुलना गरेका छन् ।













