२२ असार ०८२, काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समार्फत् नयाँ राजनीतिक दल निर्माणको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट आन्तरिक विवादका कारण राजीनामा दिएका अर्बपति एलन मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका बीबीसीले जनाएको छ ।
बीबीसीले भनेको छ, ‘यस बिषयमा अमेरिकाको फेडलर इलेक्सन कमिसनले शनिबारसम्म नयाँ दल दर्ताबारे कुनै जानकारी दिएको छैन ।’
यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् ।
मस्क सन् २०२४ को निर्वाचनमा ट्रम्पको प्रमुख समर्थक थिए भने उनले ट्रम्पलाई चुनावमा २५ करोड डलर सहयोग गरेको विषय चर्चा विषय बनेको थियो ।













