एसईईमा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै

१६ चैत्र ०७९, काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को तथ्यांकअनुसार कूल परीक्षार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।

तथ्यांकअनुसार कूल एसईई परीक्षार्थी मध्ये छात्रा र छात्रको संख्यामा ३८ जना छात्राको संख्या बढी देखिएको छ ।