१३ असार ०८२, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए ।
यसवर्ष एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका छन् ।













