९ मंसिर ०७९, काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको जनाएको छ ।
गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी रहेको थियो ।
परीक्षा नियन्त्रण कार्यालयले सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका र बाँकी ६ जनाको परीक्षा रद्द भएको जनाएको छ ।













