२७ कार्तिक ०८१, काठमाडौं । कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ ।
सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण हुने भएको हो ।
अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान २०८२ जेठ मसान्तभित्र गरिसक्ने सम्झौतामा उल्लेख छ ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको महानगरले जनाएको छ ।













