१८ मंसिर ०८२, काठमाडौं । कान्ति राजमार्ग सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सुचना निकालेर उक्त राजमार्गमा सडक वेल्डिङ्ग र कटिङ्ग कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न ६० दिन बन्द गर्न लेखिआएको भन्दै कान्ति राजमार्ग बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने जनाएको हो ।
कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना निकालेर भनेको छ ।
कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि अहिले भित्ता काट्ने काम भइरहेको छ ।














