
२२ साउन ०८१, काठमाडौं । काभा वुमन्स नेसन्स कपको सेमिफाइनलमा मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
घरेलु मैदान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परीषद्को कभर्डहलमा भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराउँदै उपाधि उचाल्ने लक्ष्यसहित नेपाल फाइनलमा पुगेको हो ।
आइतबार भएको खेलमा इरानसँग ३–२ को सेटमा पराजित भएको नेपाललाई मंगलबारको खेल जित्नैपर्ने दबाब थियो ।
नेपालले बुधबार फाइनल खेल भारतसँग खेल्नेछ ।













