१६ जेठ ०७७, काठमाडौं । कालजयी गीतहरुका स्रष्टा गीतकार एवं कवि रत्नशमशेर थापाको शुक्रबार पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका ८२ वर्षीय थापाको शुक्रबार बिहान श्रद्धान्जली अर्पण गरिएसँगै पशुपतिमा अन्त्येष्टि गरिएको हो ।
उनको पार्थीव शरीरमा विभिन्न श्रष्टा, कलाकार लगायतले श्रद्धान्जली अर्पण गरेका थिए ।
श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
‘घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, फूलैफूलको मौसम, जाग लम्क चम्क हे नौजवान हो, बिछोडको पीडा नसकी खप्न’ जस्ता कालजयी गीतका स्रष्टा थापाको श्रीमती र २ छोरा छन् ।
गीतकार थापाको भौतिक शरीर नरहे उनका कालजयी रचना युगौं-युगसम्म बाँचिरहनेछ ।
जाग लम्क-चम्क, हे, नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो (नौजवान हो)
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो
काँधमा काँध जोडी, विघ्नको पहाड फोडी
आ-आ-आ, आ-आ-आ
काँधमा काँध जोडी, विघ्नको पहाड फोडी
रक्त-पसिना बगाई, तन-मन-धन लगाई
रक्त-पसिना बगाई, तन-मन-धन लगाई
निर्माणको बेला छ है यो (छ है यो)
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो (नौजवान हो)
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो
घामपानी नभनी, आँधीबाढी नगनी
आ-आ-आ, आ-आ-आ
घामपानी नभनी, आँधीबाढी नगनी
दिलै देखि जमजमाइ, स्नेहको धार बगाई
दिलै देखि जमजमाइ, स्नेहको धार बगाई
कर्मलाई धर्म मानी हो (मानी हो)
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो (नौजवान हो)
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश शृंगारन यो
जाग लम्क-चम्क, हे, नौजवान हो