२० फागुन ०७६, काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसको आशंकामा भएका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
गत आइतबार आइसोलेसन वार्डमा कोरोना (कोभिड १९) को आशंकामा भर्ना भएका चारै जनाको रिपोर्ट नेगेटिभ आएसँगै आज अस्पतालले डिस्चार्ज दिएको छ ।
अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाका अनुसार डिस्चार्ज हुनेहरु मध्ये १ जना चीनबाट र बाँकी ३ जना दक्षिण कोरियाबाट फर्केका थिए ।
प्रवक्ता बास्तोलाले दक्षिण कोरिया र मध्यपूर्वबाट आएका दुई जनालाई आजै कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले ६५ भन्दा बढी देशमा कोरोना फैलिएसँगै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।













