५ भदौ ०७७, ललितपुर । पाटन अस्पताल ललितपुरमा कोरोना पोजेटिभ दोलखाकी एक महिला र सर्लाहीका एक पुरुष गरी दुई जनाको निधन भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, (डिसीसीएमसी) ललितपुरले आज बिहान दिएको जानकारी अनुसार दोलखाकी ३० वर्षीया एक महिला र सर्लाहीका ४६ वर्षीय एक पुरुषको २०७७ भदौ ५ गते निधन भएको हो ।
“मिति २०७७/०५/०२ गतेदेखि पाटन अस्पताल, ललितपुरमा उपचार गराई रहेका दोलखा जिल्ला निवासी ३० वर्षीया कोभिड–१९ पोजेटिभ महिलाको आज २०७७/०५/०५ गते मृत्यु भएको जानकारी अस्पताल श्रोतबाट प्राप्त भएको व्यहोरा सुचित गर्न चाहन्छौं,” डिसीसीएमसी ललितपुरको प्रेस विज्ञप्तिमा भनिएको छ, “मिति २०७७/०४/३१ गतेदेखि पाटन अस्पताल, ललितपुरमा उपचार गराई रहेका सर्लाही जिल्ला निवासी ४६ वर्षीया कोभिड–१९ पोजेटिभ पुरुषको आज २०७७/०५/०५ गते मृत्यु भएको जानकारी अस्पताल श्रोतबाट प्राप्त भएको व्यहोरा सुचित गर्न चाहन्छौं ।”














