२६ चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सिडिसी, एनएचएसकाअनुसार विश्वभर बुधबार बिहानसम्म ८२ हजार २३ जनाको मृत्यु भइसकेको छ । महामारीका रुप लिएको कोरोनाका संक्रमित संख्या १४ लाख ३० हजार ५ सय २८ पुगिसकेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी इटालीमा मृत्य भएको छ । इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएकोमा १७ हजार १ सय २७ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ३ सय ९२ जना निको भएको बताइएको छ ।
यसैगरी स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएकोमा १४ हजार ४५ जनाको मृत्यु भइसकेको छ भने ४३ हजार २ सय ८ जना निको भएको बताइएको छ ।
यस्तै अमेरिकामा ४ लाख, ३ सय ३५ जनामा संक्रमण देखिएकोमा १२ हजार ८ सय ४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजार ६ सय ७४ जना निको भइसकेको बताइएको छ ।
यसैगरी फ्रान्समा १ लाख, ९ हजार ६९ जनामा संक्रमण देखिएको छ भने १० हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ । र, १९ हजार ३ सय ३७ जना निको भएको बताइएको छ ।
यसैगरी युकेमा ५५ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ भने ६ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ । र, १३५ जना निको भएको बताइएको छ ।
यसैगरी इरानमा ६२ हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ भने ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । र, २७ हजार ३९ जना निको भएको बताइएको छ ।
यसैगरी चीनमा ८१ हजार ७ सय ४० जनामा संक्रमण देखिएको छ भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भइसकेको छ । र, ७७ हजार १ सय ६७ जना निको भएको बताइएको छ ।
यसैगरी बेल्जियममा २२ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने २ हजार ३५ जनाको मृत्यु भइसकेको छ । र, ४ हजार १ सय ५७ जना निको भएको बताइएको छ ।
यसैगरी नेदरल्याण्डमा १९ हजार ५ सय ८० जनामा संक्रमण देखिएको छ भने २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । र, २५० जना निको भएको बताइएको छ ।
यसैगरी जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जनामा संक्रमण देखिएकोमा २ हजार १६ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ८१ सय जना निको भएको बताइएको छ ।
यसैगरी कोभिड–१९को संक्रमणबाट एक हजारभन्दा कम मृत्य भएका देशहरु निम्न छन् :
स्वीटजरल्याण्डमा ८ सय २१ जना,
टर्कीमा ७ सय २५ जना,
ब्राजिलमा ६ सय ८६ जना,
स्वीडेनमा ५ सय ९१ जना,
क्यानाडामा ३ सय ८१ जना,
पोर्चुगलमा ३ सय ४५ जना,
अष्ट्रियामा २ सय ४३ जना,
इण्डोनेसियामा २ सय २१ जना,
इक्वेडरमा २ सय २० जना,
आयरल्याण्डमा २ सय १० जना,
डेनमार्कमा २ सय ३ जना,
रोमानियामा १ सय ९७ जना,
दक्षिण कोरियामा १ सय ९१ जना,
फिलिपिन्समा १ सय ७७ जना,
पोल्याण्डमा १ सय २९ जना,
मेक्सिकोमा १ सय २५ जना,
भारतमा १ सय २४ जना,
पेरुमा १ सय ७ जना,
डोमिनिकनमा ९८ जना,
जापानमा ९२ जना,
नर्बेमा ८९ जना,
ग्रीसमा ८१ जना,
जरायलमा ६५ जना,
मलेसियामा ६३ जना,
सर्बियामा ६१ जना,
अर्जेन्टिनामा ६० जना,
रसियामा ५८ जना,
पाकिस्तानमा ५७ जना,
पानामामा ५५ जना,
कोलम्बियामा ५० जना,
अष्ट्रेलियामा ४९ जना,
लक्जम्वर्गमा ४४ जना,
चिलीमा ४३ जना,
साउदी अरेबियामा ४१ जना,
फिन्ल्याण्डमा ३४ जना,
थाइल्याण्डमा २७ जना,
दक्षिण अफ्रिकामा १३ जना,
युएईमा १२ जना,
आइसल्याण्डमा ६ जना,
सिंगापुरमा ६ जना,
कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।
(स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)














