१५ बैशाख ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ७ हजार नाघिसकेको छ ।
सोमबार साँझसम्म विकी टेकी न्यूजकाअनुसार दुई लाख ७ हजार ८ सय ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै संक्रमित ३० लाख १२ हजार २२४ र निको हुनेको संख्या ८ लाख ८८ हजार ४५ जना पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ५५ हजार ४ सय ६१ जनको ज्यान गइसकेको छ । भने, नौ लाख ८८ हजार ९ सय २८ जनामा संक्रमण देखिएकोमा एक लाख १८ हजार ७ सय ८३ जना निको भइसकेका छन् ।
कोरोना संक्रमणबाट इटालीमा २६ हजार ६४४ जनाको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा २३ हजार ५ सय २१ जना, फ्रान्समा २२ हजार ८ सय ५६ जना, बेलायतमा २० हजार ७ सय ३२ जना, इरानमा ५ हजार ८ सय ६ जना, चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी बेल्जियममा ७ हजार २ सय ७ जना, नेदरल्याण्डमा ४ हजार ५ सय १८ जना, जर्मनीमा ५ हजार ९ सय ८५ जना, स्वीटजरल्याण्डमा १ हजार ६ सय ४० जना, ब्राजिलमा ४ हजार २ सय ९८ जना, टर्कीमा २ हजार ८ सय ५ जना, स्वीडेनमा २ हजार २ सय ७४ जना, क्यानाडामा २ हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म पोर्चुगलमा ९२८ जना, अष्ट्रियामा ५४९ जना, इण्डोनेसियामा ७६५ जना, इक्वेडरमा ५७६ जना, आयरल्याण्डमा १ हजार ८७ जना, डेनमार्कमा २७ जना, रोमानियामा ६३१ जना, दक्षिण कोरियामा २४३ जना, फिलिपिन्समा ५११ जना, पोल्याण्डमा ५३९ जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८६ जना, पेरुमा ७२८ जना, डोमिनिकनमा २७८ जना, चेकियामा २२१ जना, जापानमा ३७२ जना, नर्बेमा २०२ जना, इजरायलमा २०२ जना, मलेसियामा ९९ जना, सर्बियामा १६२ जना, रसियामा ७९४ जना, युक्रेनमा २२० जना, पाकिस्तानमा २८१ जना, पानामामा १६५ जना, कोलम्बियामा २४४ जना, अष्ट्रेलियामा ८३ जना, चिलीमा १८९ जना, साउदी अरेबियामा १४४ जना, थाइल्याण्डमा १५२ जना, दक्षिण अफ्रिकामा ८७ जना, युएईमा ७६ जना, सिंगापुरमा १२ जना, कतारमा १० जना, इजिप्टमा ३१२७ जना, मरक्कोमा १६१ जना, फिनल्याण्डमा १९३ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा हालसम्म स्वास्थ्य मन्त्रालयकाअनुसार ५२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भइसकेको छ ।













