१९ असार ०७७, काठमाडौं । कोरोना भाइरस संक्रमित थप एक जनाको निधन भएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. जागेश्वर गौतमले काठमाडौंको नयाँ बानेश्वरमा बस्ने कोरोना संक्रमित ८५ वर्षीय एक पुरुषको निधन भएको जानकारी दिएका हुन् ।
उनले मृतक उच्च रक्तचाप र पार्किङ्सन्स रोगबाट पीडित ती पुरुष छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा असार १७ गते राती ११ बजे मृत्यु भएको बताए । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या ३२ पुगेको छ ।
प्रवक्ता गौतमले कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५९ पुगेको पनि बताए । उनले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना संक्रमित थपिएको साथै ४ हजार ४ सय ८३ वटा नमूना परीक्षण गरिएको जानकारी दिए ।
उनले क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ र आइसोलेसनमा ९ हजार ८४ रहेको बताएका छन् ।













