कोशी प्रदेश प्रमुखद्वारा बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना व्यक्त

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले यस्ता साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वाससहित शुभकामना व्यक्त गरेका हुन् ।

“बैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मवलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ,’ उनले भनेका छन्,’ ‘बसन्त ऋतुको आगमनसँगै प्राकृतिक ऋतुचक्रसँग तादाम्यता कायम गरी मनाइने किरात चाड विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार जातिहरूले विभिन्न नामबाट मानउने गर्दछन। यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”