२६ मंसिर ०८०, काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।
महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि उनले सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसनको नक्कली प्रमाणपत्र लगायत नक्कली कागजात बनाएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको बताएको छ ।
उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र नक्कली रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ ।













