४ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा तीन हजार ९३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा ४१ हजार ७५५ जना र क्वारेन्टाइनमा ४ हजार २२० जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा दुई हजार १०८ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ९६ हजार ६०९ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप ८ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ७६५ पुगेको छ ।













