गलैँचा गार्मेन्ट तथा टेक्सटायल मजदुरको अध्यक्षमा बिचारी, महासचिव रणेन्द्र

२३ साउन ०८२, काठमाडौं । अखिल नेपाल गलैँचा गार्मेन्ट तथा टेक्सटायल मजदुर संघ केन्द्रीय समितिको दोस्रो भेलाले रोध कुमार खड्का ‘बिचारी’को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यालयमा भएको भेलाले खड्काको नेतृत्वमा उपाध्यक्ष गोमा लामा, महासचिव रणेन्द्र सापकोटा, सचिवत्रय गणेश तामाङ, धुर्वराय यादव, पञ्चली कुमारी तामाङ र कोषाध्यक्ष रामपुकार यादव चयन गरेको छ ।

नयाँ कार्यसमिति सदस्यहरू सुकराम पहरी, भिम थिङ, श्रीकुमार ठाडा मगर, बिजय मगर, मदन मगर, संगिता तामाङ, कमल तामाङ, दिल बहादुर धानुक, राज तामाङ, जीवन तामाङ, मिना तामाङ, साहिली तामाङ, रामचन्द्र महतो, कृष्ण सिवाकोटी, दिननाथ पासवान रहेका छन् ।

संघका निवर्तमान अध्यक्ष रेन्जन लामाको अध्यक्षतामा महासचिव रणेन्द्र सापकोटाको सञ्चालनमा पेरिसडाँडा कोटेश्वरमा सम्पन्न उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगर, महासचिव शालिकराम काफ्ले, उपमहासचिव शिव पोखरेल, सचिव निरज गोले, बागमती प्रदेश अध्यक्ष सत्यमान लामा ‘मिलन’, अखिल नेपाल अटो मोवाइल्स मजदुर संघ केन्द्रीय अध्यक्ष पुरन्जन गिरिको आतिथ्य रहेको थियो ।

अतिथि वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ नेतृत्व र नयाँ कार्यसमितिले गलैँचा गार्मेन्ट तथा टेक्सटायल क्षेत्रमा रहेका श्रमिकका विद्यमान समस्याहरु हल गर्दै संगठनलाई थप मजबुत बनाउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।