गायक दिपेश बिष्टको ‘कोइली बनैमा’ सार्वजनिक

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।

डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले गरेका छन । त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन ।

मायाप्रेममा आधारित यस गीतमा विशेषगरी गाउँघरमा केटाकेटी विच बसेको मायाप्रेमलाई मुख्य  कथावस्तु बनाइएको  छ । गीतमा केटाले आफूले मनपराएको केटीलाई तिम्रो मनमा म  भएपनि नभएपनि तिमी भने मेरो मनमा सधै भरी रहिरहनेछौ भन्ने कुरा देखाउन खोजिएको छ ।

त्यसैगरी केटीले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ ।

लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्ट भन्छन आफूले गरेका सबै गीत उतीकै राम्रा लाग्छन अझ यो गीतमा मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौ त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेको छ ।

दिपेश बिष्ट भन्छन, “युटयुवमा अपलोड भएदेखि नै यस गीतलाई धेरैले मन पराईदिनुभएको छ । मलाई कस्तो लाग्ने भन्दा पनि दर्शकले कस्तो मान्नुहुन्छ त्यसले भर पार्ने हो, गीत राम्रो नराम्रो भन्ने सबै जिम्मा अब हामीले दर्शकको हातमा छोडिदिएका छौं उहाहरुको प्रतिक्रिया अहिलेसम्म राम्रो आएको छ ।”

गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेका छन् साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकी छन् ।

मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन  भने मनोज कार्कीले गरेका छन् । यो गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।