२३ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले चार स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालिन् ।
योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् । गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
नेपालको साग खेलकुदको इतिहासमा चार संस्करणमा ४ स्वर्ण जितेका तेक्वान्दोका दिपक बिष्टको कीर्तिमानीलाई गौरीकाले एकै संस्करणमा बराबरी गरेकी छिन् ।
गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितेकी छिन् ।













