चन्द्रबहादुर बोहराले जिते विश्व हाप्किडो च्याम्पियनसिपमा रजत पदक

२० साउन ०८१, काठमाडौं । अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपाली खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।

थाइल्याण्डको खेलाडीसँग पुरुष ५०–५५ केजी तौलको खेलमा अंकको आधारमा बोहरा पराजित भएपछि रजत पदकमा चित्त बुझाउन परेको हो ।

आजको प्रतियोगितामा नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् । यस्तै राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ ।

नेपालबाट ६ खेलाडी सहभागी रहेको विश्व हाप्किडो च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ ।