चीनको राष्ट्रपतिमा सी जिनपिङ निर्वाचित

२६ फागुन, काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति भएका छन् ।

६९ वर्षीय सी जिनपिङ १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

समाचार एजेन्सी सिन्ह्वाले ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का सदस्यहरूले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको जनाएको छ ।