चुनाव जितेरै मात्रै केही नहुने प्रचण्डको भनाई

१३ मंसिर ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेरै मात्रै केही नहुने बताएका छन् ।

दुई तिहाइ बहुमत हासिल गर्दा पनि हेलिकोप्टर चढेर भाग्नु परेको भन्दै उनले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरे ।

दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनाव जितेर मात्रै केही हुँदो रहेनछ, चुनाव मात्रै जितेर मात्र हुन्थ्यो त भने त कांग्रेस र एमालेको दुई तिहाइ थियो नि अस्तिको संसदमा, के नाप्यो त्यो दुई तिहाइले ? भाग्न प¥यो, हेलिकप्टर चढेर भाग्नु प¥यो ।’

साम्राज्यवादी विरुद्ध लड्न र जनताको पक्षका मुद्दामा लड्न १५ वाम घटकबीच एकता भएको उनको दाबी छ ।