११ माघ ०७९, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीहरुको सहमति अनुसार चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरिएको बताएका हुन् ।
उनले विश्वविद्यालयको १० आंगिक, केही सम्बन्धन र केन्द्रीय क्याम्पससहित करिब १३ वटामा स्ववियु निर्वाचन हुने जानकारी दिए ।
विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । साथै, उक्त समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जनाएको छ ।













