जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज

३१ बैशाख ०८२, काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टीको निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।

आफ्ना पति गैरकानुनी थुनामा परेको भन्दै यादव पत्नी ललिताकुमारी यादवले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले खारेज गरिदिएको हो ।

ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो ।

हाल जनमतका नेता यादव प्रहरी हिरासतमा छन् ।